बद्रीनाथ गैह्रे
आजकल कलमले कथा लेख्न छाडेछ
भावनाहीन शब्दले व्यथा लेख्न छाडेछ ।
ति चोकमा ठड्याइएका सालिक गनेर
इतिहासले क्रान्तिको गाथा लेख्न छाडेछ ।
वस्तिसँगै रित्तिन थाले संस्कृति समेत
बस्नेले पनि त रीति प्रथा लेख्न छाडेछ ।
बनावटी मिठा शब्द बाणले नछोएसी
उसले समेत बल्ल मित्था लेख्न छाडेछ ।
स्वार्थीसँग एकाकार हुँदैन यो आभास
सत्य डगेन र त अन्यथा लेख्न छाडेछ ।


S.K. Creative Media Group