प्यूठान । नौबहिनी गाउँपालिकामा सञ्चालन भइरहेको स्वर्णबिन्दु प्राशन कार्यक्रममा बालबालिकाको सहभागिता बढ्दै गएको छ। यस महिना ७ सय ४८ बालक र ६ सय ९६ बालिका गरी कुल १ हजार ४ सय ४४ बालबालिकाले प्रत्यक्ष सेवा लिएका छन् । यो संख्या गत महिनाको तुलनामा कार्तिक महिनामा सेवाग्राहीको संख्यामा वृद्धि हो।

नौबहिनी गाउँपालिका–६, लुङ–बहानेस्थित बहाने आयुर्वेद औषधालयमा गत महिनादेखि सुरु गरिएको यो कार्यक्रममा १ देखि ५ वर्षसम्मका बालबालिकालाई सेवा दिइँदै आएको पालिकाको स्वास्थ्य शाखले जनाएको छ ।

आयुर्वेदिक पद्धतिअनुसार सञ्चालन गरिएको यस कार्यक्रमको उद्देश्य बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु रहेको छ।

यसअघि स्वर्णबिन्दु प्राशनका सेवा लिनको लागि खलंगा जानुपर्ने बाध्यता रहेकामा स्थानीयस्तरमै सेवा सुरु भएपछि अभिभावकलाई केहि सहज भएको छ। बिहान ७ बजेदेखि सञ्चालन हुँदै आएको सेवा गाउँपालिकाका सबै वडामा विस्तार गर्न स्थानीयले माग गरेका छन्।

गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रमको अर्को चरण आगामी कात्तिक १६ गते सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय