रिजन गिरी
प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका–६, दहखोलास्थित सिद्ध मन्दिर संरक्षण समितिको अध्यक्षमा विष्णु गिरी चयन हुनुभएको छ। आइतबार सम्पन्न समितिको दोस्रो साधारण सभा तथा अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा लक्ष्मण गिरी, सचिवमा सिद्धिमान गिरी, सहसचिवमा कमल गिरी (देउखुरी) र कोषाध्यक्षमा किरण गिरी चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा हेमु गिरी, नेत्रलाल गिरी, चुमा गिरी, शान्ति गिरी र रामकली गिरी चयन हुनुभएको छ।

साधारण सभाले मन्दिरको संरक्षण, व्यवस्थापन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। मन्दिरको अतिथि भवनस्थित सभाहल मर्मत गर्ने, सिद्ध मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय गरिएको छ।

स्मारिका प्रकाशनका लागि नौ सदस्यीय समिति गठन गरिएको छ। समितिमा शैलेन्द्र गिरी, कृष्ण गिरी, भोजु गिरी, भीमसेन गिरी, भुपाल गिरी, वासुदेव गिरी, बेगम गिरी, रेशम गिरी र अर्जुन गिरी रहनुभएको छ।

त्यस्तै, मन्दिर निर्माण तथा संरक्षणमा सहयोग पुर्‍याउने दाताहरूको सम्मान र योगदानको अभिलेखीकरण गर्न सहयोगदाताको नाम समेटिएको शिलालेख निर्माण गर्ने निर्णय गरिएको छ। शिलालेखमा नाम समावेश गर्न कम्तीमा २० हजार रुपैयाँ सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्दिरको दीर्घकालीन संरक्षण, सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन बोर्ड अफ ट्रस्ट गठन गर्ने निर्णयसमेत सभाले गरेको छ। ट्रस्टका सदस्यहरू स्थायी प्रकृतिका रहने र सदस्य बन्न मन्दिरका लागि कम्तीमा एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्नुपर्ने निर्णय गरिएको छ ।

सिद्ध मन्दिर संरक्षण समितिका अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, लगायत बुद्धिजीवी, शैलेन्द्र गिरी, भीमसेन गिरी, भुपाल गिरी, वासुदेव गिरी, रेशम गिरी, बेगम गिरी, अर्जुन गिरी सन्देश गिरी, पिताम्बर गिरी, ठानेश्वर गिरीलगायत दशनामी बन्धुहरूको उपस्थिति रहेको थियो।

नयाँ नेतृत्व चयनसँगै मन्दिरको धार्मिक महत्वको प्रचारप्रसार, ऐतिहासिक दस्तावेजीकरण र संस्थागत विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

नयाँ अध्यक्ष चयनसँगै मन्दिर संरक्षणका लागि भएका निर्णयहरूलाई पनि प्राथमिकता दिइएको छ । यसले नेतृत्व परिवर्तनमा मात्र सीमित नराखी मन्दिरको भावी योजना र संस्थागत विकाससँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय