खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिनुभयो ।
घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बुको लडेर घटनास्थलमै मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


S.K. Creative Media Group