दाङ । राजपुर गाउँपालिका-२ बेलाको खाल गैरा खेल मैदानमा आफ्नै छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाई गम्भीर घाइते बनाएको आरोपमा एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

राजपुर गाउँपालिका-२ मटेरियाका ३९ वर्षिय त्रिलोक सिंह कार्कीले आफ्नै छिमेकी बलुवा डाडाका अन्दाजी ४८ वर्षिय रुपलाल चौधरी (गोमे) माथि पेट्रोल खन्याएर आगो लगाएको आरोप लागेको हो ।

 

आज अपराह्न मादक पदार्थ सेवन गरेका कार्की र चौधरीबीच आपसी विवाद भएपछि झगडा भएको थियो । सोही क्रममा कार्कीले आफूसँगै लिएर गएको पेट्रोल चौधरीको शरीरमा खन्याएर आगो लगाइदिएको बताइएको छ ।

 

आगो लागेर चौधरी गम्भीर घाइते भएका छन ।घटनापछि फरार भएका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले लमहीबाट नियन्त्रणमा लिएको हो । गम्भीर घाइते चौधरीलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय