मुगु । मुगुमा हाइलक्स गाडी सडकबाट करिब ६ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो करिब ४ः४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो ।

गाडी अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडीमा सवार पाँचै जनालाइ
प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो ।

दुर्घटनामा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा मध्यम घाइते भएका छन ।

त्यस्तै, काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको उपचारका जिल्ला अस्पतालमा पुराइयको भए पनि डाक्टरले तिनै जनालाई मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबि राज थपलियाले जानकारी दिनुभयो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रवीराज थपलियाको कमान्डमा १० जना र ताल्चास्थित प्रहरी टोलीबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जना गरी १७ जना प्रहरी उद्धारमा खटिएका थिए ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय