प्युठान । प्युठानको मरन्ठाना मजुवामा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । प्युठान नगरपालिका-९, स्थित बाल बिद्या माध्यमिक बिद्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर “योग गरौं स्वस्थ रहौ” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाएको हो । योग समिति मरन्ठानाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सबै योगकर्मीहरुको उपस्तिथि रहेको थियो ।
पतंजली योग समिति प्युठानका अध्यक्ष केदारमान कक्षपतिले योग सबैलाई अनिवार्य गर्दै लैजानुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका कक्षपतिले पछिल्लो समय हाम्रो समाजमा योगको महत्त्व बढ्दै गएको बताउँदै, शारीरिक सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अति आवश्यक रहेको बताउनुभएको हो । मानिसको शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको भन्दै उहाँले आम नागरिकले योग गर्नुपर्ने बताउनुभयो । योग गर्नाले मनिसमा नकारात्मक कुराको अन्त्य हुने भएकोले सबैलाई योग गर्न आग्रह गर्नुभयो । योग गर्नाले सकारात्मक सोचको बिकास हुनुको साथै शारीरिक तन्दुरुस्ती हुने बताउनुभयो ।

त्यस्तै वडा अध्यक्षहरु बिकास केसी र लोक बहादुर केसीले यस क्षेत्रमा जग्गा ब्यवस्थापन भए योग हल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । वडा नम्बर ९ का वडा अध्यक्ष बिकास केसीले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँ गाउँमा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले योगले शारीरिक तथा मानसिक रूपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले यसलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रम प्युठान नगरपालिका वडा नम्बर ९ र १० का वडा अध्यक्ष बिकास केसी, लोक बहादुर केसी, निवर्तमान वडा अध्यक्ष पदम गिरी, योग कर्मी भोजु गिरी बाल विद्या माध्यमिक बिद्यालय मजुवाका प्रधानाध्यापक केशु गिरी, महिला प्रवारी सीता गौतम रिजाल, योग जिल्ला कार्य समितिका उपाध्यक्ष बसन्त राज पौडेल, निवर्तमान जिल्ला समन्वय समितिका सदस्य रेशमा गिरी लगाएतले योग दिवसको सान्दर्भिकता बारे मन्तव्य राख्नुभएको थियो ।

योग समिती मरन्ठानाका अध्यक्ष बलभद्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत माया गिरीले गर्नुभएको थियो । दुर्गा केसीले संचालन गर्नुभएको योग दिवसमा जिल्लाका योग कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई योग गुरु बालाराम पौडेलले योगको प्रशिक्षण तथा अभ्यास गराउनुका साथै यसको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।



S.K. Creative Media Group