गुल्मी । मदाने गाउँपालिकाका आँखाका रोगी भएका जेष्ठ नागरिकको नि:शुल्क आँखा जाँच गरिएको छ । गाउँपालिका भित्र र अन्य छिमेकी जिल्ला गरि ३ सय ५० जना जेष्ठ नागरिकको आँखा जाँच गरिएको हो ।
मदाने गाउँपालिका-६, पुर्कोटदह स्थित आँखा उपचार केन्द्र र पुर्कोटदह स्वास्थ्य चौकीमा आयोजित शिबिरमा ४२ जनाको आँखा अप्रेशन गर्नुपरेको भैरहवा आँखा अस्पतालको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कृति जोसीले जानकारी दिनुभयो । जटिल प्रकारका आँखाका रोगीहरुको अप्रेसन औषधि लगाएत सम्पुर्ण उपचार नि:शुल्क उपलब्ध गराइएको मदाने आँखा उपचार केन्द्र पुर्कोटदहका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

मदाने गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र, पुर्कोटदह गुल्मीकाे सहयाेगमा मदाने गाउँपालिका-६, पुर्कोटदह स्थित आँखा उपचार केन्द्र स्वास्थ्य चौकी भवनमा यहीँ माघ १५ र १६ गतेसम्म दुई दिने आँखा परिक्षण शिविर सञ्चालन गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो । आँखा शिबिरमा मदाने गाउँपालिका र छिमेकी जिल्ला प्युठान र अर्घाखाँचीका स्थानीयले आँखा उपचार सेवा लिएको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो । जनतालाई उपचार गर्न टाढा पुग्दा समस्या हुने भन्दै गाउँमै उपचार सेवा प्रदान गरिएको उहाँको भनाइ छ ।

मदाने आँखा उपचार केन्द्र पुर्कोटदहका अध्यक्ष सुनिल थापाका अनुसार जटिल तथा सामान्य आँखाका समस्या भएका बिरामीलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो । जिल्लाका सम्पुर्ण आँखा राेगि जेष्ठ नागरिकहरूकाे आँखा परिक्षणको लागि आवश्यक सहयोगको लागि आँखा उपचार केन्द्र सधैं तयार रहेको बताउनुभयो। स्थानीय अस्पतालमा आँखाको परिक्षण गर्न पाउदा स्थानीय जेष्ठ नागरिक खुशी भएका छन् ।



S.K. Creative Media Group