सुजल श्रेष्ठ
प्यूठान । मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब सप्पन्न भएको छ । वार्षिकोत्सबको अवसरमा
आज धार्मिकस्थल झाकृस्थानमा बृहत बैठक सहित बनभोज कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सडक पुर्वाधार बिकास कार्यालय प्यूठानका निमित्त प्रमुख चन्द्र बहादुर शाहलाई सम्मान गरेको छ ।

किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम तर्फ
प्रतीक्षा गाहा मगर एचआईभी टिबि कार्यक्रम तर्फ अर्घाखाँचीका लक्ष्मी बन्जाडे, संगीता पौडेल र प्यूठाका संगीता सुनार पुरस्कृत हुनुभएको छ ।
त्यसैगरी हेफर कार्यक्रमका सिता पौडेललाई केन्द्रले सम्मान गरेको छ । पत्रकारिता पुरस्कार पत्रकार बिमल पोख्रेललाई प्रदान गरिएको छ ।
प्यूठान क्याम्पसका महेन्द्र सारु मगर, सरिता भण्डारी र रन्जिता पुनलाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, बिशेष अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, ऐरावति गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे, अधिकारकर्मी पार्वता आचार्य, पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजाल र सडक पुर्वाधार बिकास कार्यालयका निमित्त प्रमुख चन्द्र शाहले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
केन्द्रका अध्यक्ष बसन्तलाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डोर प्रसाद पोख्रेल र संचालन कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।



S.K. Creative Media Group