दाङ । दाङको तुलसीपुरमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन । सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका-९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएको समयमा उनीहरुलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाँउ निवासी ५२ वर्षीया सीता कुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहनुभएको छ ।
तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।



S.K. Creative Media Group