प्यूठान । नेकपा एमाले जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले मुलुकको हरेक चरणमा व्यवस्था परिबर्तनका लागि भएका आन्दोलनहरुमा विद्यार्थीको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । बिहीवार अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन(अनेरास्ववियु)को प्यूठान नगरपालिका स्तरीय नगर कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्टले आफ्नो हक अधिकार सँगसँगै राजनितिक अधिकार प्राप्तिको आन्दोलनमा विद्यार्थी आन्दोलन कोशेढुङ्गा सावित भएको बताउनुभयो ।
नेपाली विद्यार्थी आन्दोलनले विभिन्न चरणमा आजको दिनसम्म आइपुग्दा बिशाल बलिदानी पुर्ण सगरमाथा निर्माण गरेको छ। उहाँले भन्नुभयो, ” विद्यार्थी आन्दोलनको बलिदानी र अठोटको कारण मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य ब्यवस्था निर्माण भएको यथार्थ हो।” अध्यक्ष बिष्टले सामाजिक, सास्कृतिक रुपान्तरणको मियो र शैक्षिक सुधारको अग्रणी संगठन अनेरास्ववियु कुनै पनि हालतमा डगमगाउने वा बाटो बिराउने होइन अबिछिन्न अगाडि बढ्नुपर्ने बताउनुभयो।
आगामी दुई वर्षे कार्यकालको लागि छानिएको नयाँ नेतृत्वले समग्र प्यूठान नगरपालिकाको विद्यार्थी आन्दोलनलाई थप व्यवस्थित र केन्द्रीकृत गर्दै शैक्षिक विकृती अन्त्य गरि शैक्षिक सुधार गर्दै लैजाने कुरामा आफू दृढ रहेको नवनिर्वाचित अध्यक्ष दिपक पुनले बताउनुभयो । जनताको भविष्यको भरोसा भनेको अहिलेको युवा विद्यार्थी नेतृत्व भएकाले नगरपालिकाको शिक्षा क्षेत्रमा हुने विकृति र विसंगतिका बिरुद्ध आफ्नो नेतृत्व केन्द्रित हुँदै शैक्षिक सुधारमा जोड दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

अनेरास्ववियु प्यूठान नगर कमिटी चयन
बिहिवार प्यूठान नगरपालिका-४ स्थित उमेशचन्द्र स्मृति प्रतिष्ठान भवनको सभाहलमा भएको नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु प्यूठान नगरपालिका स्तरीय नगर कमिटीको प्रथम अधिवेशनले दिपक पुनको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा निमबहादुर खत्री, अनिल विक, महिला उपाध्यक्षमा वर्षा सुनार, सचिवमा विपना रोकामगर, महिला सचिवमा आकृति बस्नेत, सह-सचिवमा दिनेश केसी, सह-सचिव सुजल खड्का तथा कोषाध्यक्षमा आशिष भण्डारीलाई चयन गरेको छ।
त्यस्तै सदस्यहरुमा अभिशेक सुनार, मिरा सुनार, निहाल सुनार, तालबहादुर केसी, विजय थापा क्षेत्री, गणेश घर्तिमगर, अमन सुनार, अभिशेक खत्री, विशाल सुनार, ममता सुनार, तुल्सिराम भुसाल, दानबहादुर पुनमगर, लक्ष्मी विक, रोमन खत्री, बषन्त खड्का, दिलिप केएम, विराज विक, प्रेम परियार, आर्ज केसी, अन्जली केसी अन्सु परियार,जुना केसी, मिलन थापा, पदम पुनमगर, विक्रम केएम, प्रतिक्षा खड्का, सन्दिप सुनार, सन्जय सुनार, हिरा परियार, विराज विक, इन्दिरा भण्डारी, नविना बस्नेत, अभिशेक जिसी, प्रिया बस्नेत, सलिना गिरी, प्रज्वल रावत चयन गरिएको छ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष बिष्टको प्रमुख आतिथ्यतामा भएको अधिवेसनमा नेकपा एमाले नगर कमिटिका अध्यक्ष गिरु भण्डारी, नेता लक्ष्मी प्रकाश राजभण्डारी, लछुमन भण्डारी, चिरञ्जीवी भण्डारी, बिजय सिंह भारती, इश्वरा आचार्य, एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष बिशेक थापा, हरि जैसी, महेश पाण्डे, विनायक थापा, जाल बहादुर क्षेत्रि, आकाश भण्डारी, दिल बहादुर दसौंदी, अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज केसी लगायतको शुभकामना मन्तव्य राख्नुभएको थियो।


S.K. Creative Media Group