प्यूठान । जिल्ला अस्पताल प्यूठानमा डायलासिस सेवा संचालन गर्न लायन्स क्लबले सक्रियता देखाएको छ । डायलासिस परियोजना अन्तर्गत लायन्स क्लब ईन्टरनेसनलले एक करोड ३० लाख २७ हजार पाँच सय ४७ रुपैया चेक मार्फत अस्पताललाई हस्तान्तरण गरेको छ ।

परियोजना अन्तर्गत ७५ प्रतिशत लागत रकम लायन्सले उपलब्ध गराएको लायन्स क्लब प्यूठानका प्रथम उपाध्यक्ष नबिन कुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकारले ब्यहोर्ने २५ प्रतिशत रकम उठ्न बाकी छ । “स्थानीय तहले ५/५ लाख सहयोग गर्ने कुरा हो”, उहाँले भन्नुभयो,”२/३ वटा पालिकाबाट रकम आईसकेको छैन ।”

डायलासिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो ।

मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन । शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलासिस सुरु गराउनुपर्ने हुन्छ ।

मृगौलाले काम गर्न छोडेपछि डायलासिस गरिन्छ । जिल्लाम यो सुबिधा नहुदा बिरामी लमही, नेपालगन्ज, बुटवल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज विष्टले आर्थिक सहयोगका लागि धन्यवाद दिदै छिटै आवश्यक प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय