प्यूठान । लामो दुरीको सवारीमा यात्रुसँग नेपाल सरकारले तोके भन्दा बढि भाडा लिएको पाईएमा कार्वाही गर्ने प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले बताउनुभएको छ ।
आईतवार राजनीतिक दल र यातायात व्यवसायीहरुसँग भएको संयुक्त बैठकमा उहाँले सरकारले निर्धारण गरेको यात्रु भाडा कार्यान्वयनमा जोड दिनुभयो ।
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.ले काठमाण्डौंदेखि प्यूठानसम्म थप सेवा वापत २० प्रतिशत अतिरिक्त भाडा लिएको थियो । उक्त विषयमा गुनासो आएपछि राजनीतिक दल सहित बैठक बसेर असोज १५ गतेको निर्णय कार्यान्वयन गर्न जोड दिईएको हो ।
काठमाडौं देखी प्यूठानसम्म नर्मल गाडीको १३६७, डिलक्स गाडीको १६४१ र एसी गाडीको १९६९ सरकारी भाडा रहेको छ ।
बढी भाडा लिएको भए फिर्ता गर्ने समेत निर्णय भएको छ ।




S.K. Creative Media Group