प्यूठान । शैक्षिक शत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईइ) नतिजामा प्यूठान ७७ औं स्थानमा आयो । जिल्लामा जम्मा १२ प्रतिशत विद्यार्थी मात्र उत्र्तिण भए । १६ वटा विद्यालयको नतिजा शुन्य भयो । एसईइमा कमजोर नतिजा आएपछि नतिजा सुधार गर्न विद्यालयदेखी सरोकारवाला निकाय सक्रिए बन्न थालेका छन् ।
“हामीले शैक्षिक सुधार कार्ययोजना बनाइएको छौं,” भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले भन्नुभयो, “विहानको समयमा गणित, विज्ञान, अंग्रेजी विषयको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ ।” अनपेक्षित नतिजा आएपछि विद्यालयले व्यवास्थापन समिति, अभिभावक, विद्यार्थीसँग छलफल गरेर योजनाबद्ध रुपमा शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
२०७८ मा ९६ प्रतिशत, २०७९ मा ९३ प्रतिशत र २०८० मा १२ प्रतिशत विद्यार्थी उत्र्तिण भएको तथ्याङ्क छ । पुरक परीक्षा पछि ५३ प्रतिशत पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्गा खड्काले बताउनुभयो । एसईइ नतिजा सुधार गर्न सरोकारवाल निकायसँग बृहत अन्र्तक्रिया गरिएको प्रमुख खड्काले बताउनुभयो ।
माध्यमिक तहका प्रधानाध्यापकसँग कार्यशाला, सवै माध्यमिक विद्यालयमा अनुगमन, स्थानीय तहका शिक्षा शाखा प्रमुखसँग मासिक रुपमा बैठक, अतिरिक्त कक्षा सञ्चालन तथा आवासिय रुपमा पठनपाठनको लागि पहल गर्ने, धेरै विद्यार्थी अनुत्रिण हुने अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यक्रम सम्वन्धि अभिमुखिकरण गर्ने गरि योजना बनेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खड्काले जानकारी दिनुभयो ।
विद्यालयमा मासिक परीक्षा सञ्चालन गर्ने, कमजोर विद्यार्थीको पढाईलाई ध्यान दिने, राम्रो सिकाई उपलब्धी हासिल गर्ने शिक्षकलाई पुरस्कृत गर्ने, कक्षा कोठा खाली हुन नदिने लगायतका विभिन्न पहल र प्रयास गर्दै आएको विद्यालयले बताएका छन् । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले नतिजा सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’, उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रम तय भएको कार्यालय प्रमुख पुन्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।



S.K. Creative Media Group