प्यूठान । लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्माले जिल्लामा कृषि क्षेत्रमा गरिएको लगानीबाट प्रतिफल पाउने गरि काम गर्नुपर्ने बताउनुभएको छ । एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय प्यूठानले आ.व. २०८१/०८२ को वार्षिक स्विकृत कार्यक्रम सार्बजनिक कार्यक्रममा प्रमुख अतिथी शर्माले कृषिमा गरेको लगानीबाट कति उत्पादन भएको छ भनेर मुल्यांकन गर्नुपर्ने मा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य शर्माले बास्तबिक किसान पहिचान गरेर कृषिमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले अनुदानका लागि मात्र कृषि नगरि स्वरोजगार हुने गरी लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथी प्रदेशसभा सदस्य सदस्य धनलक्ष्मी श्रेष्ठले जनताले सडक, खानेपानी र भवनका योजनालाई प्राथमिकता दिदा कृषि क्षेत्रको योजना ओझेलमा पर्ने गरेको बताउनुभयो ।
कार्यक्रमका सहभागीले कृषि उत्पादनलाई जोडेर प्रगति मूल्याकंन गर्नुपर्ने सुझाव दिएका छन । उनीहरूले आवश्यकताका आधारमा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिएका छन ।
एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय प्यूठानले आ.व. २०८१/०८२ को वार्षिक स्विकृत कार्यक्रम सार्बजनिक गरेको छ । मंगलबार सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सार्बजनिक गरेको हो ।
कृषि तथा पशु उत्पादन, बजारिकरण, नियमन, प्रबिधी, प्रचार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (संघीय ससर्त अनुदान), कृषि तथा पशुसेवा बिभाग (ससर्त अनुदान) अन्तरगत ६ करोड ३७ लाख ९२ हजार वार्षिक बजेट अन्तरगत गतिविधिहरु संचालन हुने कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस बर्ष किसानसंग प्रत्यक्ष भेट गर्ने नया गतिविधि संचालन हुनेछ । किसानसंग भेट गरि समस्या बारे बुझ्न गतिविधिले सहयोग पुर्याउने उहाले बताउनुभयो ।
कृषि तर्फ तरकारी, फलफूल, आलु, सुन्तला खेती प्रबर्द्धन र रैथाने वाली संरक्षण संरक्षण कार्यक्रममा संचालन हुनेछ । पशुसेवा तर्फ बाख्रा, बाङ्गुरपालन प्रबर्द्धन, बाझोपन निवारण, नियमित खोप, बन्ध्याकरण सेवा, पशुपन्क्षी उपचार तथा पशुस्वास्थ्य शिबिर, कृतिम गर्भाधान कार्यक्रम संचालन हुनेछ ।
सार्बजनिकिकरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख धरम जिसि, उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रतिनिधि, कृषि तथा पशुपन्क्षी बिकाससङ्ग सरोकार राख्ने समुह, सहकारी, फर्म तथा अगुवा कृषकहरुको सहभागीता रहेको छ ।




S.K. Creative Media Group