प्युठान । एकल महिला, असक्त तथा बिपन्न परिवारलाई प्युठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले बडादसैंको अवसरमा पारेर खाद्यान्न सहयोग गर्नुभएको छ। आज मेयर योगिले प्युठान नगरपालिका वडा नम्बर १ र २ का स्थानिय १० विपन्न घरपरिवारको घरमै पुगेर दाल, चामल र तेल सहयोग गर्नुभएको हो ।

स्थानीय आर्थिक अवस्था कमजोर भएकै कारण दसैं जस्तो महत्वपूर्ण चाडपर्व मनाउन समस्या नहोस भनेर राहत स्वरुप दाल, चामल र तेल सहयोग गरेको प्युठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगिले बताउनुभयो। दाल, चामल र नुन तेल जोहो गर्न धौधौ हुने परिवारलाई यो सहयोगले केही राहत हुने उहाँले बताउनुभयो । उहाँका अनुसार ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेका छौं। खाद्यान्न सामाग्री पाउँदा स्थानीय खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय