सरद बिष्ट, प्यूठान । प्यूठानकाे स्वर्गद्वारी नगरपालिकामा स्थानीयद्वारा भिङ्ग्रीमा ४० फिट अग्लो रावणको पुत्ला बनाई दहन गरेका छन् । सनिवार साझ स्वर्गद्वारी नगरपालिका-३,स्थित सयमुरेकाे पौवापाटा भन्ने स्थानमा एक कार्यक्रमका बिच स्थानीयहरूले असत्य माथी सत्यको बिजय भएको दिनको रुपमा बिजय उत्सव स्वरुम कंस रावणकाे पुत्ला बनाएर दहन गरेका हुन।
स्वर्गद्वारी नगरपालिकाकाे नगर प्रमुख टेक प्रसाद भण्डारीकाे प्रमुख आथित्यमा सञ्चालन भएकाे उक्त कार्यक्रम सम्भबत प्यूठानमा नै आयाेजना गरिएकाे पहिलाे कार्यक्रम रहेकाे स्थानीय गणेश केसीले जानकारी दिनुभयाे ।
असत्यमाथि सत्यकाे बिजय भएकाे दिन अर्थात रामले रावणमाथि बिजय प्राप्त गरेकाे खुशीयालीको दिनकाे अबसर पारेर बिजया दशमीकाे दिन राताे टीका र पहेलाे जमरा लगाएर मात्र संस्कृतिले पुर्णयता नपाउने भएकाेले थप यस्ता कार्यक्रम गर्नु पर्ने र सदैब निरन्तरता दिनुपर्ने आयाेजकले जानकारी दिएकाे छ।
सामान्यता यो प्रचलन छिमेकी देश भारतमा रहेका हिन्दु समुदायमा प्रचलित छ। त्यसैले सानै देखि भारतमा बसेर प्रारम्भिक शिक्षा लिएका सयमुरे निवासी प्रेम पोख्रेल भारतमा देखेकाे र सिकेकाे अनुभवलाई प्रयोग गरि महिनौं दिनसम्मकाे मेहनतबाट आज रावणकाे पुत्ला बनाउने यो कार्य सम्भव भएकाे थियाे । स्थानीय धेरै युवाहरूले पनि निर्माण कार्यमा सहयाेग गरेका थिए । झण्डै ४० फिट अग्लाे राबणकाे स्वरूपलाई बिजया दशमीकाे दिन आगाे लगाई नष्ट गरिएकाे थियाे । नयाँ र नितान्त राेचक कार्यक्रम भएकाेले पनि उक्त कार्यक्रम हेर्ने मान्छेकाे धेरै घुइँचो थियाे ।




S.K. Creative Media Group