प्यूठान । आश्विन शुक्ल पक्षको एकादशी, दशैँको टीकाको आज दोस्रो दिन हो। बडादशैँको टीका लगाउने क्रम आइतबार पनि जारी रहेको छ । हिजो शनिबार बडा दसैंको दिनमा टीका लगाउन छुटेकाहरूले आज आइतबार पनि आफ्ना आफन्त र मान्यजनबाट रातो टीका, पहेलो जमरा थापेर आर्शिवाद लिने गरिन्छ ।
आजदेखि टाढा टाढा आफन्त र ससुराली भएकाहरु आफन्तसँग टीका लगाउन जाने चलन पुर्णिामाको दिनसम्म रहेको छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा-आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूला मान्यजनको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ ।
आफुभन्दा ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।



S.K. Creative Media Group