प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाको क्वाडी बेलुवा स्थित बेलपत्रेस्वर महादेव मन्दिर परिसरमा बिहीवार कार्तिक १ गते दसैं पुर्णिामा मेलाको अवसरमा विविध सास्कृतिक कार्यक्रम गरिने भएको छ । प्यूठान नगरपालिका-१, स्थित बेलुवाको बेलपत्रेस्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा यस वर्षदेखी दसैं पुर्णीमा मेलामा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो ।

यसवर्ष देखि नियमित दसैं पुर्णीमा मेलाको आयोजना गरिने आयोजकले जानकारी दिएमो छ । मेलामा सम्पुर्ण दर्शक तथा व्यापारीहरुलाइ उपस्थिती भइ मेला अवलोकन गरिदिन आग्रह गरिएको छ ।

पुर्णिामा मेलामा स्थानिय सरायँ नाच, मारुनी नाच, चर्खे पिङ, घोेडे पिङ हेर्न र खेल्न सकिने बेलपत्रेस्वर महादेव मन्दिर व्यवस्थापन समितिका संयोजक सिवराज योगीले जानकारी दिनुभयो। मेलामा स्थानिय कलाको हौसलाको लागि एकल डान्स प्रतियोगीता समेत अयोजना गरिने उहाँले बताउनुभयो ।

दसैं पुर्णिामा मेलामा इच्छुक प्रतियोगीलाई सहभागिताको लागि आग्रह गरिएको छ । एकल नृत्यको लागि प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रोलाई २ हजार पुरस्कारको ब्यवस्था गरिएको संयोजक योगीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा महिला तथा पुरुषले नेपाली जुनसुकै गीतमा एकल प्रस्तुति देखाउन सक्नेछन् ।

मेलामा स्थानीय कला संकृतिको जगेर्ना गर्ने र स्थानीय उत्पादनको बिक्रीवितरणले जिल्लाको आर्थिक कारोबारलाई चलायमान बनाउन यो मेला सहयोगी बन्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय