प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानमा ६९ औँ प्रहरी दिवस मनाईएको छ । अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गर्नुका साथै अमर प्रहरी परिवार र जेष्ठ पूर्व प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।
सोही अवसरमा यस कार्यालयलाई विभिन्न माध्यमबाट सहयोग गर्ने कार्यालय र महानुभावहरु समेतलाई प्रशंसा-पत्र द्वारा सम्मान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रम समापन पश्चात पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्रहरीका परिवारजनहरुसंग कार्यालयका प्रमुख र अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा प्रहरी पुनर्मिलन कार्यक्रम गरिएको थियो ।



S.K. Creative Media Group