बरौला । प्यूठानको ऐरावती गाउँपालिकाले आज कोजाग्रत पूर्णिमामा एक दिन स्थानीय पर्वको रुपमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको निर्णयानुसार कात्तिक १ गते आज पालिकाभरका सरकारी कार्यालय, बिद्यालय संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।

बिहीवार आज कात्तिक १ गते कोजाग्रत पूर्णिमा परेकोले सोहि अवसर पारेर पालिकाभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संघ संस्थानहरुमा स्थानीय बिदा दिइएको एक सूचना मार्फत पालिकाले जानकारी दिएको छ । कोजाग्रत पूर्णिमा पालिकाका विभिन्न वडा तथा विभिन्न स्थानका मठ मन्दिर शिवालयमा सराँय मेला तथा सांस्कृतिक कार्यक्रमहरु स्थानीय संघ संस्थाहरले आयोजना गर्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय