प्यूठान । प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले आफनो जन्मदिनमा विपन्न, गरिब तथा दलित समुदायका बालबालिलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सोमबार उपाध्यक्ष रानाले गौमुखी गाउँपालिका-३, राम्दीखोर बस्तीका विपन्न, गरिब तथा दलित समुदायका बालबालिकालाई २२ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आफ्नो जन्मदिन मनाउनुभएको हो ।
स्थानीय राम्दीखोर बस्तीका बालविकास देखि कक्षा ११ सम्म अध्ययन गर्ने ४४ जना दलित बालबालिकालाई समुदायमै पुगेर २२ हजार बढिको कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो ।
आफ्नो ब्यक्तिगत फजुल खर्च कटाए बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यार्थीलाई अध्ययनमा केहि सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामाग्री हस्तान्तरण गरिएको उपाध्यक्ष रानाले बताउनुभयो । अनावश्यक फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा विपन्न गरिब बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउदा बालबालिकाको पढाइमा थोरै भएपनी सहयोग होस भन्ने उदेश्यले बालबालिकाको क्षेत्रमा सहयोग गरेको उहाँको बताउनुभयो ।
राज्यकोषबाट आफुले मासिक रुपमा पाउने सेवा सुविधाको १० प्रतिशत रकम राना महाविर फाउण्डेशनको कोषमा जम्मा गर्ने र कोषमा जम्मा भएको रकमबाट गाउँपालिका भित्रका विपन्न, गरिब अशक्त, असहाय तथा सहयोगको आवश्यकता भएका विपन्न बस्ती र समुदायका नागरिकलाई खाद्यान्न, शैशिक सामाग्री वितरण गरिदै आएको उपाध्यक्ष रानाले बताउनुभयो।
शैक्षिक सामाग्री पाउँदा स्थानीय विपन्न परिवारका बालबालिका खुसी भएका छन् । उपाध्यक्ष रानाले गतवर्ष गौमुखी गाउँपालिका-५, खुङका गन्धर्व बस्तीका, भुमेकाथान आधारभुत बिद्यालय नारीकोटमा अध्ययनरत बिद्यार्थीलाई शैशिक सामाग्री वितरण गर्नुभएको थियो ।



S.K. Creative Media Group