गुल्मी । गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । स्क्रबल क्लवको आयोजनामा पहिलोपटक जिल्ला सदरमुकाम तम्घासको सिद्धबाबा माध्यमिक विद्यालयमा दशौं राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बिहीबार जिल्ला सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक एवम् स्क्राबल क्लब गुल्मीका संयोजक डोरविक्रम श्रीसले शुक्रबारदेखि हुने राष्ट्रिय स्क्राबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । स्क्राबलले शिक्षक र विद्यार्थीको चिन्तन क्षमता अभिबृद्धि गराउन मद्दत पुग्ने उहाँले बताउनुभयो ।

कात्तिक ९ गते शुक्रबार आजदेखि सुरु भएर दुई दिनसम्म चल्ने दशौं राष्ट्रिय स्क्राबल प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुरलगायतका विभिन्न जिल्लाबाट निर्धारित कोटाका आधारमा करिब एक सयभन्दा बढी विद्यार्थी प्रतियोगी सहभागी हुनुभएको स्क्राबल क्लबका गुल्मी जिल्ला संयोजक श्रीसले जानकारी दिनुभयो । पहिलो दिनको खेल बिहान आज बिहान ७ः४५ बजेदेखि साँझ ७ः०० बजेसम्म ११ वटा खेल खेलाइने तालिका रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रत्येक वर्ष छुट्टाछुट्टै जिल्लाले आयोजना गर्ने गरेका छन् । यसवर्ष गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयले व्यवस्थापनको जिम्मा लिएको छ । प्रतियोगितामा शीर्ष चार स्थान हात पर्नेले क्रमश १० हजार, ८ हजार ६ हजार र ४ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट लेडिले २ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताका माध्यमबाट विद्यार्थीमा शब्दभण्डार बढ्ने, नयाँ ठाउँको परिवेश चिन्ने र अवलोकन भ्रमण गर्ने अवसर हुने, संस्कृतिक, भाषा, रहनसहनका विषयमा नजिकबाट जान्ने अवसर प्रदान हुने बताइएको छ । सिकाइले मात्र सर्वाङ्गीण विकास सम्भव नहुने भएकाले स्वयंसेवी भावनाका साथ स्क्राबललाई अगाडी बढाइएको स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनुभयो ।

प्रतियोगिताको प्रत्येक वर्ष छुट्टाछुट्टै जिल्लाले आयोजना गर्ने गरेका छन् । यसवर्ष गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयले व्यवस्थापनको जिम्मा लिएको छ । नेपालको ७७ जिल्लामध्ये ४० भन्दा बढी जिल्लामा यो खेल परिचित भइसकेको छ । प्रतियोगितामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार ६ हजार र ४ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट लेडिले २ हजार रुपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

स्क्राबल शब्द खेल हो, जहाँ खेलाडीहरू अक्षरहरूको टाईलहरू प्रयोग गरेर बोर्डमा शब्दहरू बनाउनुपर्ने हुन्छ । प्रत्येक अक्षरको टाईलले निश्चित अंक ल्याउँछ, र खेलाडीहरूले बोर्डमा टाईलहरू राखेर उच्च अंक प्राप्त गर्ने प्रयास गर्छन् । खेलको उद्देश्य अधिकतम स्कोर हासिल गर्नु हो । शब्दहरू क्रसवर्ड जस्तै अन्य शब्दहरूलाई छोएर राखिन्छ, र अंकहरू विशेष स्कोरिङ क्षेत्रहरूमा टाईल राख्दा बृद्धि हुन्छ । यो खेलले शब्दकोशको ज्ञान र रणनीतिक सोचलाई समायोजन गर्न आवश्यक हुन्छ ।

सन १९३८ देखि अमेरिकाबाट सुरु भएको यस खेलमा नेपालमा ७७ जिल्ला मध्ये ४० वटा भन्दा बढी जिल्लाहरुमा यो खेल परिचित भैसकेको छ । नेपालमा २०७६ सालमा स्क्रबल क्लवको गठन गरिएको थियो । बर्षैपिच्छे सेप्टेम्बर महिनामा यो प्रतियोगिता हुने गरेको छ ।

फोटो : अनिल खत्री, गुल्मी ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय