घोराही । घोराहीमा आजदेखि राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ। बिहीबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी मूल आयोजक समितिले मंसिर ७ र ८ गते गोरखा माविमा सम्मेलन गर्ने गरि सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मंसिर ७ र ८ गते हुने राष्ट्रिय बाल साहित्य सम्मेलनको आज बिहान ११ बजेको लागि सम्मेलन उद्घाटन गर्ने समयतालिका तय भएको मुल आयोजक समितिका संयोजक डा. टीकाराम उदासीले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

डा. उदासीका अनुसार विहान १० बजे घोराहीको तुलसीपुर चोकबाट ¥याली शुरु हुने र ११ बजे उद्घाटन भई कार्यपत्र प्रस्तुति, थारु भाषामा बालसाहित्यको अवस्थाबारे डा कृष्णराज सर्वहारी र दाङको बालसाहित्यको रुपरेखाबारे सुर्य विसीले प्रस्तुति राख्ने कार्यक्रम रहेको बताउनुभयो ।

आज दिउँसो १ वजेदेखि ४ बजेसम्म बाल कथा, बाल कविता, निबन्ध, पुस्तक समीक्षा, अभिनय, चित्रकला र हस्तलेखनबारे विधागत तालिम सञ्चालन गरिने डा उदासीले जानकारी दिनुभयो । यसैगरी बाल साहित्य र पठन संस्कृति, बाल साहित्यको प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र सामाजिक सञ्जालले बालवालिकामा पारेको प्रभावका बारेमा पनि प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय बाल साहित्य सम्मेलन मंसिर ८ गतेसम्म चल्लेछ। सम्मेलनमा विद्यालयमा पुस्तकालयको भूमिका, छलफल, अन्तरक्रिया कथा बाचन, पुस्तक प्रदर्शनी, पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय