प्युठान । सरुमारानी गाउँपालिका स्तरिय चौथो अध्यक्षकप खेलकुद प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सुर्य थापाले उद्घाटन गर्नुभएको छ। बुधवारदेखी सरुमारानीको रानिबगर गुरूङ ल्हाेसार मैदानमा सुरु गरिएको प्रतियोगिताको संघिय सांसद सूर्य थापाले एक कार्यक्रमका बिच उद्धाटन गर्नुभएको हो ।

प्रतिनिधि सभा सदस्य थापाले खेल क्षेत्रको विकासको लागि सबै तहका सरकारहरुले प्राथमिकताका साथ सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । प्रतियोगिताको प्रमुख अतिथी समेत रहनुभएका संघिय सांसद थापाले ‘खेल क्षेत्रको विकासको लागि सबै तहका सरकारले प्राथमिकता दिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । उहाँले खेलकुले शारीरिक, मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवर्द्धन गर्दै मुलुकमा व्यावसायिक खेलाडी उत्पादनमा समेत ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय तहबाटै स्थानीय खेल प्रतिभाहरूको पहिचान र खेलाडीहरूको उचित व्यवस्थापन गर्दै खेल प्रति युवायुवतीको आकर्षक बढाउन यी कार्यक्रमले सहयोग पुगेको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले पछिल्लो समय स्थानीय तहमा खेलाडीहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । त्यसको लागि स्थानीय तहले खेलाडीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आगामी दिनमा खेलाडीको मनोबल बढाउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय स्तरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिदै वडा तहबाटै खेलाडिहरुको क्षमता अभिवृद्धि गर्दै नियमित खेलकुद प्रतियोगिताको गर्नेतर्फ जोड दिने उहाँले जानकारी दिनुभयो ।

सरुमारानी गाउँपालिकाको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा पालिका भित्र रहेका माध्यमिक विद्यालयका खेलाडीको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो । अध्यक्षकप खेलकुद प्रतियाेगितामा ४ वटा खेल समावेश गरिएकाे जानकारी दिनुभयो । प्रतियोगितामा महिला तथा पुरूष भलिवल खेल, पुरूष फुटबल, पुरूष तर्फ क्रिकेट र पुरूष तर्फ व्याडमिन्टन खेलहरू समावेश छन ।

उद्धाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सिराम शर्मा, पालिका उपाध्यक्ष बसन्ता खड्काको आतिथ्यता रहेको थियो। सरूमारानी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयाेजक भरत एमसीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, खेलाडी नगरीकको उपस्थिति रहेको थियो ।

गाउँपालिका युवा तथा खेलकुद विकास समिति सदस्य शिवराज एमसीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन गाउँपालिका युवा तथा खेलकुद विकास समिति सदस्य नवराज भण्डारीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय