प्यूठान । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकको निर्माण क्षेत्र अहिले अप्ठ्यारो अवस्थामा पुगेको बताउनुभएको छ । निर्माण व्यवसायी संघ प्यूठानको १२ औं साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उहाँले सरकारले निर्माण व्यवसायीको समस्या सम्वोधन गर्न नखोज्दा निर्माण क्षेत्र समस्यामा परेको बताउनुभएको हो ।

उहाँले विशेष गरेर पुराना ऐन कानुन संसोधन नगरिँदा विकास निर्माणको कामले गति लिन नसकेको बताउनुभयो । उहाँले त्यस विषयमा प्रधानमन्त्रीसँग महासंघले छलफल गरेकाले समस्या समाधान हुने सकारात्मक विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष सिंहले पछिल्लो समय निर्माण समाग्रीको कालोबजारी र मुल्यवृद्धि भएको प्रति राज्यले ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले सिमेन्टको मुल्यमा भएको कालोबजारी र मुल्यवृद्धि रोक्न सरकारले चासो नदिएको आरोप लगाउनुभयो । उहाँले पछिल्लो समय छडमा समेत मुल्यवृद्धि थालिएको गुनासो गर्नुभयो ।


जिल्ला समन्वय समितिको सभाहलमा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का लगायत निर्माण व्यवसायी महासंघका पदाधिकारी, जिल्लाका राजनीतिक दलका प्रतिििनध, पत्रकार महासंघका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा महासचिव नारायण ज्ञवालीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विसेक थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सोभाराम न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार विजय सिंह भारतीले गर्नुभएको थियो ।

पत्रकारिता पुरस्कार परियारलाई
संघले प्रदान गर्ने पत्रकारिता पुरस्कार यस पटक पत्रकार बोम बहादुर परियारलाई प्रदान गरिएको छ । झुलेनी रेडियोका स्टेशन म्यानेजर परियारलाई नगद पाँच हजार सहित पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा संघमा आवद्ध नयाँ सदस्यलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सहयोगी निकायलाई सम्मान गरिएको थियो ।

यसैबीच, संघको नयाँ कार्यसमिति चयनका लागि भोलि विहान ११ बजेदेखि बन्द शत्र सञ्चालन हुँदैछ । निर्माण व्यवसायी संघको सचिवालय भवन विजुवारमा बन्द शत्र हुने आयोजकले जनाएको छ । हालसम्म संघको निर्वाचन सर्वसम्मत हुँदै आएको र यस पटक पनि सर्वसम्मत गर्न प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय