प्यूठान । बाग्दुला पुल्चोकमा बसको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको छ । बाग्दुलाबाट फोप्ली जाँदै गरेको ना ४ ख १३०९ नम्बरको बसको ठक्करबाट १८ महिनाको बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

नौबहिनी गाउँपालिका-७ फोप्ली निवासी अस्मिता पुनको छोरी तिर्सना पुनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

ठक्कर दिने चालक प्यूठान नगरपालिका-३ का दान बहादुर केएमलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय