काठमाडौं । प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको मिति सरेको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित समयमा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न हुन नसकेको कारण फागुन २५ देखि २७ सम्म आयोजना गर्ने भनिएको महाधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा नै गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आज बिज्ञप्तिमार्फत व्यवस्थापनलगायतका प्राविधिक कारणले महाधिवेशनको मिति सरेको जनाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय