प्यूठान । बाल मनोविज्ञानमा आधारित लघु चलचित्र किबोर्ड सार्वजनिक भएको छ । प्यूठानका युवा व्यवसायी सन्देश आचार्यले निर्माण गरेको लुघ चलचित्र किवोर्डको शुक्रबार प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरिएको हो ।

एक कार्यक्रमका बीच प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य सूर्य थापाले उक्त चलचित्रको सार्वजनिक गर्नुभएको हो । पछिल्लो समय अभिभावकले आफ्ना छोराछोरीलाई समय नदिएको विषयमा चलचित्र बनेको छ ।

पश्चिमा संस्कृतिको प्रभावले बाल मनोविज्ञानमा कस्तो प्रभाव पार्छ भन्ने विषय चलचित्रले उठाएको निर्माता आचार्यले बताउनुभयो । लघु चलचित्र २५ मिनेटको रहेको छ ।लघु चलचित्रमा आचार्य गोपालको निर्देशन, बाल साहित्यकार विजयराज आचार्यको लेखन रहेको छ ।त्यसैगरी बाल साहित्यकार विजयराज आचार्यको बाल कथा संग्रह स्वर्गमा मोवाईलको समेत विमोचन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर