प्युठान । प्युठानको जुम्री बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उपशाखा विस्तार गरिएको छ । आइतबार देखि कम्पनीले जिल्लामा सेवा प्रदान गर्ने गरि उपशाखा सञ्चालनमा ल्याएको हो ।
आज बिहान जुम्रीमा आयोजित कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले रिबन काटेर उद्घाटन गर्नुभएको छ । नगर प्रमुख योगीले इन्स्योरेन्सको उपशाखा प्युठान नगरपालिकामा विस्तारले नगर क्षेत्रका स्थानीय जनताले सेवा पाउने बताउनुभयो ।
आफ्नो थोरै रकम भएपनी जम्मा गरि बीमा गराउन स्थानियलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफुले नगरबासी जनतालाई यस बिमामा जोडेर लैजान पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।’ बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै जनताको पहुँचमा लैजान कम्पनीले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्काले बीमाको महत्वको जानकारी दिनुभएको थियो । जिल्ला बासीले उपशाखाबाट कम्पनीले दिइने सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिने खड्काले बताउनुभयो ।
क्षेत्रीय प्रबन्धक खड्काका अनुसार अति बिपन्न निम्न आयस्रोत भएका व्यक्तिहरुलाई लक्षित गरेर यस कम्पनीले सबैलाई समेट्ने कार्यक्रम ल्याएको छ । बिमा कम्पनीमा पोलिसी खरिद गर्न अनलाईनबाट समेत सकिने उहाँको भनाइ छ। बीमाको पहुँच नपुगेको क्षेत्रलाई केन्द्रीत गर्दै शाखा विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्का, प्युठान उपशाखा प्रमुख प्रकाश गौतम ,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगी, नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष संजय रिजाल प्युठान नगरपालिका नगर प्रवत्ता सुमन राज श्रेष्ठ, तथा स्थानीय ब्यापारीहरुको सहभागिता रहेको थियो ।