कपिलवस्तु । कपिलवस्तुको बनकसमा धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन् । शनिबार बिहान करिब ५:३० बजे जिल्लाको शिवराज नगरपालिका–१ बनकसमा ना ८ ख ५७०३ नम्बरको बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा ३६ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयले घाइतेहरुलाई उद्धार गरि घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ भने २० जनाको उपचार चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय