प्यूठान । नेकपा (एमाले) प्रतिको जनलहरमा कुनै कमि नआएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले बताउनुभएको छ । उम्मेदवार सहित एमाले प्यूठानले नौबहिनी गाउँपालिकाको स्याउलिवाङबाट शुरु गरेको निर्वाचन प्रचार अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेप्रति मतदाताको आसा, विश्वास र भरोसा दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्नुभयो ।
माघ १७ गते सरुमारनी गाउँपालिकाबाट शुरु भएको मतदाता भेटघाट अहिले प्रचार अभियानसम्म आईपुग्दा दिनप्रतिदिन मतदाताहरुको सहभागिता समेत बढ्दै गएको उम्मेदवार थापाले उल्लेख गर्नुभयो । सरुमारनी गाउँपालिका, माण्डवी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकामा गरि आधा प्यूठानका बस्तीहरुमा पुगेर मतदातासँग भेटघाट गरिएको उहाँले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा पार्टीका दृष्टिकोणहरु राख्ने र मतदानका लागि अनुरोध गर्दै आएको उम्मेदवार थापाले बताउनुभयो । निर्वाचन प्रचार टोलीलाई नौबहिनी गाउँपालिकाको केन्द्र बाहानेमा स्थानीयले मंगलबार विहान स्वागत गरेका थिए ।
वडा नं. १ स्याउलिवाङ र वडा न २ लिघामा प्रचार प्रसार कार्यक्रम गरि मतदाता र उम्मेदवार वीचको अन्तरक्रिया तथा छलफल गरिएको एमाले नौबहिनीका अध्यक्ष शेर बहादुर सेनले जानकारी दिनुभयो । स्याउलिवाङमा भएको कार्यक्रममा स्थानीयले पञ्चेबाजा र फूलमालाले उम्मेदवार थापा सहित प्रचार टोलीलाई स्वागत गरेका थिए ।



S.K. Creative Media Group