प्यूठान । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक तर्फकी उम्मेदवार एन्जिला थापा (लक्ष्मी)ले सूर्य चिन्हमा मतदानका लागि आव्हान गर्नुभएको छ । शुक्रबार ऐरावती गाउँपालिकाका विभिन्न बस्तीहरुमा भएको जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
‘अहिलेको चुनावमा धेरै पार्टीका धेरै उम्मेदवार छन् ।’ ,उहाँले भन्नुभयो, ‘कतै पनि हात नकमाईकन सूर्यध्वजावाहक उम्मेदवारहरुलाई जिताएर पठाउनुहुनेछ ।’ प्यूठान जिल्लाले प्रत्यक्ष तर्फ इमान्दार, निष्ठावान र क्रियाशिल उम्मेदवार पाएकोले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सूर्य चिन्हमा मतदान गरि एमालेलाई विजयी गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
दोश्रो जनआन्दोलन २०६२÷६३ का प्रथम सहिद उमेशचन्द्र थापाकी पत्नी एन्जिला थापा (लक्ष्मी) ऐरावती गाउँपालिका–२ बरौंला निवासी हुनुहुन्छ । उहाँ एमाले प्यूठानका संस्थापक मध्येका एक नेता नौबहिनी गाउँपालिका–६ लुङ निवासी स्वर्गीय वीरबहादुर सिंहकी छोरी हुनुहुन्छ ।



S.K. Creative Media Group