प्यूठान । नेकपा एमाले प्युठानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य थापाले जिल्लाका ५५ प्रतिशत भुगोलका जनतासंग जनभेटघाट सम्पन्न गर्नुभएको छ ।

दोस्रो चरणको चुनाबी कार्यक्रम अन्तर्गत माघ १७ गते सरुमारानी गाउँपालिकाबाट सुरु गरिएको जनभेटघाट अभियान सदरमुकाम खलंगा सहित ५ वटा पालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

थापाले सरुमारानी गाउपालिका, माण्डबी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकामा मतदातसंग भेटघाट गरेको प्रचार बिभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो ।

मल्लरानी गाउँपालिकामा भएको चुनाबी भेटघाट कार्यक्रममा उल्लासपुर्ण जनसमर्थन रहेको नेकपा एमाले मल्लरानी गाउँपालिका कमिटी अध्यक्ष नोमराज पौडेलले बताउनुभयो । निवर्तमान प्रतिनिधि सभा सदस्य थापाले थालेका अधुरा कामले पुर्णता पाउने अपेक्षा राखेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय