प्यूठान । निर्वाचन आचारसंहिता २०८२ ले सरकारका मन्त्रीहरुलाई उम्मेदवारको पक्ष वा विपक्षमा मत माग्न रोक लगाए पनि लुम्बिनी प्रदेशका एक मन्त्री चुनावी प्रचारमा उत्रिएका छन् । खानेपानी तथा शहरी विकास मन्त्री सरोज थापा आफ्नै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै हिड्नुभएको छ ।
मत माग्न मात्र होइन थापाल्र प्रदेश सरकार मार्फत भए गरेका कामहरु कांग्रेस पार्टीले नै गरे जसरी प्रचार गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा सदस्यका लागि प्यूठानबाट उम्मेदवार बनेका प्रा.डा.गोविन्दराज पोख्रेलको चुनावी सभामा थापाको सहभागिता देखिएको हो ।
जनप्रतिनिधिहरु चुनाव केन्द्रित प्रचार प्रसारमा सक्रिय भएका सामाग्रीहरु सामाजिक सञ्जालमा छरपस्ट पारिएका छन् । मन्त्री थापा प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।



S.K. Creative Media Group