प्यूठान । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । आईतबार चेरनेटा–बरौला सडक खण्ड अन्र्तगत माण्डवी गाउँपालिका–५ रम्दीबेशी भन्ने ठाउँमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

माण्डवी गाउँपालिका–५ सिख्रे निवासी ४८ वर्षीय याम बहादुर घर्तिको उपचारको क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ना ८ प२४२६ नम्वरको टिप्परले लु ५१ प २०९४ नम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय