प्यूठान । कालाजार, मलेरिया, डेंगु, स्क्रबटाइफस लगायत किटजन्य रोग नियन्त्रण गर्न प्यूठान जिल्लामा विषादी छर्किने अभियान थालिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जोखिमयुक्त स्थानमा विषादी छर्ने कार्य शुरु गरेको हो ।
चैत २१ गते आगलागी भएको ऐरावती गाउँपालिका वडा नम्वर १ छेडाघाटबाट अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो । छेडाघाटका विभिन्न घर गोठ र जोखिमयुक्त ठाउँमा विषादी छर्किएको हो ।
जिल्लाको ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिकाका जोखिमयुक्त स्थानमा विषादी छर्किने योजना रहेको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ऐरावतीको छेडाघाट, माझिदमार, सरुमारानी गाउँपालिकाको दोमैमा शुक्रबार विषादी छर्किएको जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले बताउनुभयो ।उक्त अभियानको बारेमा स्थानीयलाई जानकारी गराउँदै किटजन्य रोगबाट बच्न सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।
उक्त अभियानमा जनस्वास्थ्य अधिकृत श्रेष्ठ, फोकल पर्सन कौशलराज वैद्य, डोर बहादुर खड्का लगायतको टोली परिचालन भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख श्रेष्ठले बताउनुभयो ।



S.K. Creative Media Group