प्यूठान । प्यूठान जिल्लाको एक परिवारका चार जना सदस्य सरकारी जागिरे बनेका छन । झिमरुक गाउँपालिका वडा नम्वर ४ खहरेका एकै घरका चार जना सरकारी सेवामा कार्यरत रहेका छन ।
देवेन्द्र जिसी र कमला जिसीका दुई छोरा, एक छोरी र एक बुहारीले सरकारी सेवा (स्थायी) मा नाम निकाल्न सफल भएका हुन । जेठो छोरा कृष्ण जिसी, बुहारी पार्वता पौडेल, छोरी प्रतिमा जिसी र छोरा मनोज जिसीले सरकारी सेवामा नाम निकाल्न सफल भएका हुन ।
जेठो छोरा कृष्ण जिसी २०७६ सालदेखी लुम्बिनी प्रदेश अन्र्तगत प्यूठानको ऐरावती गाउँपालिकामा अधिकृत छैठौं पदमा कार्यरत हुनुहुन्छ । बुहारी पार्वता पौडेलले २०८० मंसिरमा कोशी प्रदेशबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो । उहाँ हाल ओखलढुंगाको लिखु गाउँपालिकामा अनमी सहायक चौथो पदमा कार्यरत हुनुहुन्छ ।
छोरी प्रतिमा जिसीले २०८१ बैशाखमा लुम्बिनी प्रदेशबाट अनमी सहायक चौथो पदमा नाम निकाल्नु सफल हुनुभएको हो । जिसी हाल अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा कार्यरत हुनुहुन्छ ।
कान्छो छोरा मनोज जिसीले यहि बैशाख ५ गते बाग्मती प्रदेश लोकसेवा आयोगबाट नाम निकाल्नुभएको छ । उहाँ खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय बाग्मती प्रदेशमा सिफारिस हुनुभएको छ ।



S.K. Creative Media Group