प्यूठान । स्वास्थ्य कार्यालय प्यूठानले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन र नसर्ने रोगसम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । मंगलबार स्वास्थ्य कार्यालय प्यूठानमा जिल्लाका पत्रकार र सुरक्षाकर्मीलाई अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक सुनाउनुभयो । उहाँले पछिल्लो समय सूर्तिजन्य पदार्थको सेवन तथा लागुपदार्थ दुव्यसर्नीका कारण नसर्ने रोग बढ्दै गएको बताउनुभयो । नसर्ने रोगको प्रमुख कारणको रुपमा सूर्तिजन्य पदार्थको सेवन र लागुपदार्थ दुव्र्यसनी रहेको उहाँको भनाई छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश श्रेष्ठले सुर्तिजन्य पदार्थ बालबालिका, गर्भवती महिलाई बेच्न नपाईनुका साथै सार्वजनिक स्थानमा यसको प्रयोग गर्न प्रतिवन्ध रहेकाले यसको नियमन गर्न आवश्यक रहेको बताउनुभयो । सुर्तिजन्य पदार्थको सेवनका कारण आफूसँगै परिवार र समाजमा समेत नकारात्मक असर पु¥याउने गरेको बताउनुभयो ।



S.K. Creative Media Group