प्यूठान । प्यूठान उद्योग वाणिज्य संघका बिभिन्न बजार क्षेत्रहरूको साधारण सभा सम्पन्न भएको छ ।

प्युठान उद्योग वाणिज्य संघ अन्तर्गत रहेका नौ वटा बजार क्षेत्रहरू मध्ये ६ वटा बजार क्षेत्रहरूको साधारण सभा शनिबार एकै दिन सम्पन्न भएको छ।

प्यूठान उद्योग वाणिज्य संघको १३ औँ कार्यसमितिको सातौँ बैठकको निर्णय अनुसार गौमुखी बजार क्षेत्रको वार्षिक साधारण सभा २०८३ वैशाख २६ गते सम्पन्न भएको थियो । शनिबार प्यूठान नगर बजार क्षेत्र, स्वर्गद्वारी नगर बजार क्षेत्र, मल्लरानी बजार क्षेत्र, झिमरुक बजार क्षेत्र, माण्डवी बजार क्षेत्र र नौबहिनी बजार क्षेत्रको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साथै सम्बन्धित बजार क्षेत्रका सचिवद्वारा प्रस्तुत भएको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित हुनुका साथै बजार क्षेत्रहरूमा आगामी दिनमा गर्न सकिने सम्भावित कार्यक्रमहरू समेत पारित भएका छन् ।

सरुमारानी बजार क्षेत्र र ऐरावती बजार क्षेत्रको वार्षिक साधारण सभा २०८३ जेठ ९ गते भित्र सम्पन्न हुने प्यूठान उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय