काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले ७ दिन बराबरको आर्थिक सहयोग गर्ने भएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको उद्धार,राहत र पुनर्स्थापनाका लागि आयोगका पदाधिकारीले ७ दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाले ज्यान गुमाएका थिए। ३ सय ७२ जना अङ्गभङ्ग भइ घाइते भएका छन् । भुकम्पपीडितहरूको उद्धार कार्य र राहत वितरण जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय