प्युठान । झिमरुक गाउँपालिकामा संघ र प्रदेश मातहतका कार्यालय बिच योजना कार्यान्वयनका विषयमा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

तीन तहका सरकारका कार्यालय र ती कार्यालयहरुले गर्ने योजमा तथा कार्यक्रमहरुमा एकरुपता ल्याई एक आपसमा समन्वय गरि योजना कार्यान्वयन गर्ने उदेश्यले यो समन्वय बैठक गरिएको हो ।

झिमरुक गाउँपालिकाको आयोजनामा गरिएको समन्वयात्मक बैठकमा जिल्लामा संघ र प्रदेश अन्तर्गतका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकमा सहभागीहरुले आ–आफ्नो कार्यालयले झिमरुक गाउँपालिका क्षेत्रमा संचालन हुने योजना, कार्यक्रम र बजेटको विषयमा छलफल भएको पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

बैठकमा महतरा क्षेत्रीले पालिका तथा समग्र जिल्लाको विकास र समृद्धिको लागि सबैको सामूहिक भावना तथा एकता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले तिन तहको सरकारको समन्वय, सहकार्य र एकतालाई थप मजबुत बनाउदै जनताको अपेक्षा पूरा गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

तत्कालीन र आगामी आर्थिक वर्षहरुमा सम्पुर्ण कार्यालयले गर्नु पर्ने र गर्न सक्ने कार्यको योजना निर्माणमा सबैको समान धारण, सोच र दृष्टिकोण बनाउन बैठक महत्त्वपूर्ण रहेको बताउनुभयो।

कार्यालयहरुले वार्षिक योजना तयार गर्दा कतिपय योजना दोहोरो, तेहोरो पर्ने र योजना कार्यान्वयनमा समस्या हुने गरेको भन्दै सबै तहका सरकार कार्यालयहरुको समन्वय र सहकार्यले आगामी दिनमा सहज हुने डिभिजन बन कार्यालयका प्रमुख धनिश्वर न्यौपानेले बताउनुभयो ।

त्यस्तै भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार गर्न समेत यो बैठक महत्त्वपूर्ण रहेको झिमरुक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो ।

बैठकमा उपस्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ-आफ्नो कार्यालयबाट झिमरुकमा कार्यान्वयन हुने गरी स्वीकृत भएका योजना, कार्यक्रम र बजेटको बारेमा जानकारी गराउनुभएको थियो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्ला स्थित कार्यालय तथा पालिकामा रहेका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय