दाङ । दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले सोमबार साँझ ठक्कर दिँदा प्यूठान निवासी राजन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

टिपरको ठक्करबाट गम्भीर घाइते ६ वर्षीय बालकको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।

 

केसीका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो । टिपर चालक तुलसीपुर उपमहानगरपालिका–१४ निवासी २६ वर्षीय टिपर चालक राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै घोराही–लमही सडकखण्ड अन्तर्गत कुइरेपानीमा सडक अवरुद्ध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय