प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
संघले चाडबाडको समयमा बजारमा हुने अत्यधिक भीडभाड र खरिद–बिक्रीलाई मध्यनजर गर्दै संघले व्यवसायीहरूका लागि ७ बुँदे विशेष निर्देशन समेत जारी गरेको छ ।
संघका अध्यक्ष सन्देश आचार्य द्वारा जारी गरिएको सूचनामा चाडपर्वको अवसरमा उपभोक्तालाई सरल, सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न र विशेष छुटको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सामाजिक उत्तरदायित्वका साथ जिम्मेवार व्यवसायीको पहिचान बनाउन संघले जोड दिएको छ ।


S.K. Creative Media Group