अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा भएको ट्याक्टर दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
लु ४ त ९७१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।
पाल्पा छहराका २२ वर्षका गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको र चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ का पुन्यप्रसाद थारु घाइते भएको प्रहरीले जनाएको छ ।
रोलर बोकेर आएको ट्याक्टर ओरालो सडकमा ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालकको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

S.K. Creative Media Group