काठमाण्डौ । ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको आइतबार सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३५ रन बनाएको थियो ।

नेपालका लागि रोहितले सर्वाधिक १०१ रन बनाए । १२७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । गुल्शन झाले ३४ बलमा ४८ रनको योगदान गरे। अर्जुन कुमालले २३ रन बनाए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामछिाने र नन्दन यादवले २।२ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय