प्यूठान । जाडोयाम सुरु भएसँगै आज (कात्तिक १६) देखि सरकारी कार्यालयको सेवा समय परिवर्तन हुने भएको छ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार आज कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालयको दैनिक सेवा अवधि एक घण्टा कम हुनेछ।


S.K. Creative Media Group