प्युठान । रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । प्यूठान नगरपालिका- ४ काठेवरका सोनु सुनारको
रुस युक्रेन युद्धमा परी मृत्यु भएको मृतकका भाई अनुज सुनारले बताउनुभयो । युद्धमा घाईते भएका सोनुको साथीले परिवारलाई भ्वाईस म्यासेज पठाएको अनुज सुनारले बताउनुभयो ।

 

रोजगारीको शिलसिलामा ६ महिना अघि सुनार कतार पुगेको स्थानीय एकराज भण्डारीले बताउनुभयो । “रुस पुगेको १८ दिनसम्म परिवारको सम्पर्क रहेछन,” भण्डारीले भन्नुभयो,” ३९ दिनदेखी परिवारको सम्पर्क थिएन ।” सुनारले रुसि सेनामा आबद्ध भएका विभिन्न गतिबिधिको तस्बिर सामाजिक संजाल फेसबुकमा राख्ने गरेको उहाँले बताउनुभयो ।

 

घटना घटेको मिति एकिन भएको छैन । कतारबाट ४ जना रुस गएको परिवारले जनाएको छ । सुनारको परिवारमा आमा, बुवा, भाइ, श्रीमती र चार वर्षको छोरा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय