नवलपुर । देवचुली नगरपालिका वडा नम्बर ९ गोरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

बाैदीकाली गाउँपालिका वडा नम्बर ६ माझडाँडाबाट दलदले आउँदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप दुर्घटना भएको हो । जिपमा सवार ७ जना मध्ये ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको साथै १ जना गम्भीर घाइते पुरुषको उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा मृत्यु भएको व्यक्तिहरुको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय