प्यूठान । मिसन ग्रसरुट अभियान पछि मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रित अभियान सम्पन्न गरेको एमालेले प्रशिक्षणका कार्यक्रमलाइ अभियानको रुपमा सन्चालन गर्ने भएको छ ।
देशब्यापी सुरु भएको प्रशिक्षण अभियान प्युठानमा पनि सन्चालन हुने भएको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको पुर्ण बैंककले जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम र पालिका, वडा हुँदै टोल स्तर सम्मका प्रशिक्षणका कार्यक्रम सन्चालन हुने एमाले प्युठानका अध्यक्ष बिजयबिराज बिष्टले जानकारी दिनुभयो

पार्टी भित्र बैचारिक प्रक्षिक्षणका कार्यक्रमहरुमा कमि भएकाले अभियान रुपमा दुई देखि तीन दिनको अवधिमा आवाशिय प्रशिक्षण सन्चालन हुने उहाले बताउनुभयो ।

प्रशिक्षणको बिषयबस्तु, मिति, अवधी, प्रशिक्षक, प्रशिक्षक प्रशिक्षणका सहभागीका बारेमा आज बस्ने स्कुल बिभागको बैठकले टुंगो लगाउने छ ।

जिल्लामा एमालेले गर्न थालेको यो खालको प्रक्षिक्षणले पार्टीपंक्तिमा नयाँ उत्साह र उर्जा जागरण पैदा गर्ने नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठानका संघीय सांसद् सूर्य थापाले बताउनुभयो । प्रक्षिक्षणले कार्यकर्तामा बैचारिक एकता र प्रष्टता बनाउदै लैजान ठुलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रक्षिक्षणमा नेपाल कम्युनिस्ट पार्टीको इतिहास, दसौं महाधिवेशनका निर्णय र कार्यभार, दर्शन शात्र, संगठन व्यवस्थापन, महत्त्व अनुशासन, नेतृत्व बिकास, नेतृत्व शैली, आचरण, स्थानीय सरकारका जनप्रतिनिधि र पार्टी बिचको अन्तर सम्बन्ध, जनताको बहुदलीय जनवाद, राजनीतिक शात्र, उद्यम र उद्यमशिलता, सूचना प्रबिधी बारे कार्यकर्तालाई मसिनो गरि जानकारी गराउने नेकपा एमाले प्युठानले जनाएको छ ।

नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष बिजयबिराज बिष्टको अध्यक्षतामा भएको पुर्ण बैठकमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यता, पार्टी जिल्ला इन्चार्ज एवं पोलिटब्यूरो सदस्य नरुलाल चौधरीको विशेष आतिथ्यता रहेको बैठकमा जिल्ला कमिटि र प्रदेश कमिटी सदस्यहरुको सहभगिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय